किसानले पाएनन चैते धानको समर्थन मूल्य


काठमाडौं । यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।

मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरेका थिए ।

तर बजारमा प्रतिक्विन्टल मात्र दुई हजार २०० मात्र पाउँदा उनी खिन्न भएका छन् । गतवर्ष तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए ।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनु भएका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका छन् । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएको उनले बताए ।

गैंडाकोटका किसान मानबहादुर थारुले दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताए। हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए ।

यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।

प्रकाशित : २०८२ जेष्ठ २९, बिहीबार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ