बजेट पास गर्न एमालेले जारी गर्‍यो ह्वीप


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले १० असारको बैठकको लागि ह्वीप जारी गरेका हुन् । सो दिन आगामी आर्थिक वर्षको बजेट पारित हुनेछ ।

१५ जेठमा संघीय संसदमा पेस भएको बजेटमाथि १ असारबाट छलफल सुरु भएको थियो ।

विपक्षी दलहरू रास्वपा र राप्रपाको संलग्नताबिना बजेट पारित हुन लागेको हो ।

प्रकाशित : २०८२ असार ९, सोमबार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ