गर्मी याममा दैनिक कति पानी पिउने ?


गर्मी याममा मानिसको शरीरमा पानीको आवश्यकता बढ्ने गर्छ । उच्च तापक्रमका कारण पसिना धेरै आउने भएकाले दैनिक पानी सेवनमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू सुझाव छ ।

सामान्यतया गर्मी मौसममा एक सामान्य वयस्कले दिनमा कम्तीमा २.५ देखि ३.५ लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । शारीरिक गतिविधि धेरै गर्ने वा घाममा धेरै समय बिताउने व्यक्तिले अझ बढी पानी सेवन गर्नुपर्ने हुन्छ ।

तिर्खा लाग्दासम्न नकुरी नियमित अन्तरालमा पानी पिउनाले शरीरलाई शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ र डिहाइड्रेसनजस्ता समस्या टार्न सकिन्छ ।

पानीसँगै झोलयुक्त पदार्थ, फलफूल र तरकारीको सेवन बढाउन समेत चिकित्सकको सुझाव छ । पानीका लागि कफी, चिया तथा चिसो पेय पदार्थमा मात्रै निर्भर हुनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

प्रकाशित : २०८२ असार ९, सोमबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ