प्राधिकरणले भन्यो- बत्ती गयो भने ११५० मा फोन गर्नू


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बत्ती गएमा ११५० मा फोन गर्न अनुरोध गरेको छ ।

प्राधिकरणको कल सेन्टरले बत्ती किन गयो ?, कतिबेला आउछरु के कारणले गएको हो ? भन्ने जानकारी उपभोक्ताहरूलाई गराइरहेको जनाएको छ । प्राधिकरणले देशका सातै प्रदेश र उपत्यकामा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरेको जनाएको हो ।

बत्ती गएको जानकारीका लागि सेवाग्राहीले ११५० नम्बरमा डायल गर्नुपर्छ । त्यसपछि प्रणालीले ग्राहकलाई कुन प्रदेशका लागि गुनासो दर्ता गर्ने हो सोही प्रदेशको कोड नम्बर थिच्न अनुरोध गर्छ ।

यस्तो कोड कोशी प्रदेशको लागि १, मधेसका लागि २, काठमाडौं उपत्यकाका लागि ३, उपत्यका बाहेकका बागमती प्रदेशका लागि ४, गण्डकी प्रदेशका लागि ५ लुम्बिनीका लागि ६, कर्णालीका लागि ७ र सुदूरपश्चिमका लागि ८ मा थिच्नुपर्छ । त्यसपछि ग्राहकले गरेको कल सम्बन्धित प्रदेशको कल सेन्टरका कर्मचारीले उठाउछन् ।

ग्राहकले कल सेन्टरका कर्मचारीलाई आफ्नो समस्या वा गुनासो बताएपछि सेन्टरबाट सम्बन्धित शाखामा सम्पर्क गरी आपूर्तिमा परेको समस्या र समाधान हुन लाग्ने अनुमानित समय समेत ग्राहक बताउँछन् ।

यसरी ११५० मा कल गर्ने उपभोक्ताले बत्ती जानुको कारण र लाइन पुनः सञ्चालन हुनका लागि लाग्ने सम्भावित समयबारे तथ्यपूर्ण र आधिकारिक जानकारी पाउँछन् । साथै लाइन पुनः सञ्चालन नहुँदासम्मको समय व्यवस्थापन गर्ने अवसर पनि ग्राहकलाई हुन्छ ।

यो सेवा २४ घन्टा चालु हुन्छ । आठ मध्येका कुनै पनि कल सेन्टरमा कुनै कारणले फोन लागेन वा त्यहाँबाट समस्या समाधान भएन भने शून्य डायल गरी गुनासो टिपाउन पाइने उल्लेख छ । यो सेवा भने शनिबार बाहेक साताको ६ दिन चलाइएको प्राधिकरणले जनाएको छ ।

यसअघि पनि प्राधिकरणले सेवाग्राहीको गुनासो सुन्न सेवा चलाएको थियो तर धेरैको फोन नलाग्ने लागिहाले पनि नउठ्ने समस्या थियो । अब भने त्यस्तो नहुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २०८२ असार ९, सोमबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ