घुस असुलेको आरोपपछि सप्तरीका एसपी खतिवडाको सरुवा, अनुसन्धान सुरु


काठमाडौं । प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाएको छ ।

खडिवडाले खटाएका एक वरिष्ठ सइले चार लाख रुपैयाँ घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि उनलाई हटाइएको छ ।

एक फरार अभियुक्तलाई पक्राउ नगर्ने भन्दै वरिष्ठ सइ विश्वनाथ त्रिपाठीमार्फत घुस लिएको प्रारम्भिक छानबिनमा खुलेको छ । पटक–पटक गरेर १० लाख रुपैयाँ लिइएको पीडितको दाबी छ ।

घटनाको विषयमा छानबिन गर्न एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा समिति गठन गरिएको छ ।

सप्तरीमा एसपी गौतम केसीलाई खटाइएको छ ।

प्रकाशित : २०८२ असार १०, मंगलवार ०८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ