कर्जन्हा नगरपालिका प्राकृतिक रूपमा धनी हो : मन्त्री यादव


धर्मेन्द्र पासवान/लहान । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले कर्जन्हा नगरपालिकालाई प्राकृतिक रूपमा अत्यन्तै धनी क्षेत्रको रूपमा वर्णन गरेको छ ।

कर्जन्हा नगरपालिकाको १५ औं नगर सभामा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री यादवले यहाँको जैविक विविधता, हरियाली र वनसम्पदा संरक्षण गर्न सके पर्यावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने बताए । उनले कर्जन्हामा रहेका नदी, तालतलैया, बोटबिरुवा तथा खेतीयोग्य जमिनले यस क्षेत्रलाई प्राकृतिक दृष्टिकोणले विशेष बनाएको उल्लेख गरे ।

‘कर्जन्हा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ । यहाँको वन, जलस्रोत र हरित क्षेत्रलाई संरक्षण गर्दै समुचित विकास गर्न सके यो नगरपालिका मधेशकै नमुना पर्यावरणमैत्री क्षेत्र बन्न सक्छ,’ मन्त्री यादवले भने ।

कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४२ करोड ९१ लाख ११ हजार २ सय ७१ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको हो ।

कर्जन्हा नगरपालिकाको प्रमुख भोला प्रसाद पोखरेलको अध्यक्षतामा समावेशी स्वच्छ हरियाली र समृध कर्जन्हाको आधारस् कृषि शिक्षा, स्वास्थ्य पर्यटन तथा दिगो पूर्वाधारू भन्ने मूल नाराका साथ उप-प्रमुख लक्ष्मी कुमारी श्रेष्ठले आयोजित नगर सभामा प्रस्तुत गरेकी थिइन् ।

नगर प्रमुख पोखरेलले बजेटलाई यथार्थपरक र विकासोन्मुख बताउँदै यसको सफल कार्यान्वयनमा स्थानीय नागरिक, सरोकारवालाहरू र सरकारी निकायहरूको सहकार्यको आवश्यकता रहेको बताए । बजेट लक्ष्य प्राप्तिका लागि समयमै कार्यक्रम सुरु गर्नु, कार्यदक्षता कायम राख्नु र पारदर्शिताका साथ खर्च गर्नु प्रमुख चुनौती हुने बताइएको छ ।

सबै वडाहरूमा समान विकास सुनिश्चित गर्दै समावेशी र दिगो विकासलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । बजेटमा चालुतर्फ र पूँजीगत खर्च दुबैलाई सन्तुलित राख्ने प्रयास गरिएको जनाइएको छ । शिक्षा क्षेत्रमा नयाँ विद्यालय भवन निर्माण, शैक्षिक सामग्री वितरण तथा अनलाइन शिक्षामा पहुँच विस्तार गरिने योजना रहेको छ ।

स्थानीय बासिन्दाहरूले यो बजेटले कर्जन्हाको विकास गतिलाई अझ बढाउने र जीवनस्तरमा सुधार ल्याउने आशा व्यक्त गरेका छन् । तर उनीहरूले बजेटको धन सही ठाउँमा सही समयमा खर्च हुने कुरामा निगरानी गर्ने बताएका छन् ।

गर्भवति महि लाहरुलाई घुम्ति सेवा मार्फत अल्ट्रा भि डि यो एक्स-रेसहितको आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । नगरभित्रैकै बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउने महिलाइ निस्शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नीति लाई निरन्तरता दिइने योजना रहेको छ ।

एक घर एक धारा अवधारणा अनुसार यस नगरपालिकाको वडा नं।१ ९पूर्ण कार्या न्वयन० मा तथा वडा नं २ मा निर्माणाधिन र वडा नं. ४ मा स्रोत सुनिश्‍चित भएको र बाँकी सबैवडाहरूमा क्रमशः खानेपानीको धारा जडान गर्ने नीति लिइएको छ ।

पूर्वाधारतर्फ सडक, नाला, पुल तथा खानेपानी आयोजनामा लगानी बढाइनेछ भने कृषि क्षेत्रमा किसानलाई मल, बीउ, प्रविधि र तालिमको सुविधा प्रदान गरिनेछ ।

नगर उप–प्रमुख श्रेष्ठलेले बजेट कार्यक्रममार्फत समृद्ध र सुशासनयुक्त कर्जन्हा नगरपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकि छन् । यो बजेट नगरपालिकाको आर्थिक क्षमता, स्थानीय आवश्यकता र सरकारका प्राथमिकताहरूलाई ध्यानमा राखेर तयार गरिएको समेत उप-प्रमुख श्रेष्ठले दाबी गरिन् ।

नगरवासी तथा सरोकारवालाहरूले बजेटलाई स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । भने कार्यक्रममा शुभकामना मन्तव्य कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राज कुमार दासले राखेको थिए ।

प्रकाशित : २०८२ असार १०, मंगलवार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ