एसईई नतिजा आज प्रकाशन हुने ? यस्तो छ तयारी


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।

उनले नतिजाका विषयमा छलफल गर्न बोर्डको बैठक आज बस्ने भए पनि बैठकको समय भने निर्धारण भइनसकेको बताए । उनले भने ‘एसईई नतिजाको अन्तिम चरणमा छौँ। तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ, सम्भवतः बोर्डको बैठक आज बस्छ।’

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। विद्यार्थी र अभिभावकहरू नतिजाको व्यग्र प्रतीक्षामा छन् ।

बोर्डको आजको बैठकले नतिजा प्रकाशनको मिति र अन्य आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : २०८२ असार १३, शुक्रबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ