सिरहाको बलान नदीमा डुबेर १४ वर्षीय बालक बेपत्ता, खोजी जारी


सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका ३ स्थित परीयारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् ।

सोमबार बिहान नुहाउने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ। बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।

बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए । नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबासमार्फत गोताखोर टोलीको माग गरेको थियो । टोली मंगलबार बिहान मात्र घटनास्थलमा पुग्ने जनाइएको छ ।

नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिरहेको भण्डारीले बताए ।

प्रकाशित : २०८२ श्रावण २७, मंगलवार ०८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ