अमेरिकामा कोरोना संकट : एकैदिन १३ सय २० जनाको मृत्यु, ३२ हजार संक्रमित थपिए


२२ चैत : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा शुक्रबार एक हजार ३ सय २० जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ७ हजार ३ सय ९१ पुगेको छ।

त्यस्तै शुक्रबारमात्र अमेरिकामा ३२ हजार बढी संक्रमित थपिएका छन्। योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ। योसंख्या इटली र स्पेनभन्दा दोब्बरले धेरै हो।

वर्ल्डोमिटरका अनुसार न्युयोर्कमा शुक्रबार सबैभन्दा धेरै ६८० जनाको मृत्यु भयो भने न्युजर्सीमा १ सय ९ जनाको मृत्यु भएको छ। 
त्यस्तै मिचिगनमा ६२, क्यालिफोर्नियामा ४१, फ्लोरिडामा २६ जनाको मृत्यु भएको छ।

अमेरिकापछि शुक्रबार फ्रान्समा १ हजार १२० जनाको मृत्यु भएको छ भने स्पेनमा ८ सय ५०, इटालीमा ७ सय ६६ र बेलायतमा ६ सय ८५ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७६ चैत्र २२, शनिबार ०६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ