बिहारमा रजनीगंधा, राजनिवास र पान मशालामा लाग्यो प्रतिबन्ध


जनकपुरधाम, १४ भदौं । भारतको बिहार सरकारले रजनीगंधा सहित १२ पान मशालामा प्रतिबन्ध लगाएको छ । रजनीगंधा, मसाला उत्पादन, बिक्री, वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको हो ।

रजनीगंधा, राज निवास, सुप्रीम पान पराग, पान पराग, बहार, बाहुबली, राजश्री, रौनक, सिग्नेचर , पैसन, कमला पसंद र मधु पान मसालामा प्रतिबन्ध लगाइएको भारतीय संचार माध्यमले जनाएको छ । रजनीगंधा र पान मसालाले स्वास्थ्यमा गम्भिर असर पारिरहेको भन्दै प्रतिबन्ध लगाएको जनाएको छ ।

अब विहारको कुनै पनि ठाउँमा यस्तो गुट्खाको उत्पादन, बिक्री, वितरण र भण्डारण गरेको पाइएमा कारबाही गरिनेछ । यसअघि विहार सरकारले मदिरामा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : २०७६ भाद्र १४, शनिबार १३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ