रुसमा लगातार छैटौं दिन १० हजारभन्दा बढी कोरोना संक्रमित थपिए


मस्को । रुसमा लगातार छैटौं दिन पनि १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुसमा १० हजार ८१७ नयाँ कोरोना संक्रमित थपिएका छन् । 

हालसम्म रुसमा कोरोना संक्रमणबाट एक हजार ८२७ पुगेको छ  । कोरोना संक्रमितको हिसाबमा रुस विश्वभर पाँचौं नम्बरमा पुगेको  छ ।

सबैभन्दा धेरै १२ लाख कोरोना संक्रमित अमेरिकामा देखिएका छन् । स्पेनमा दुई लाख २३ हजार, इटालीमा दुई लाख १७ हजार, बेलायतमा दुई लाख १२ हजार र रुसमा करिब दुई लाख कोरोना संक्रमित रहेका छन् । – बीबीसी

प्रकाशित : २०७७ बैशाख २७, शनिबार १७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ