चिनियाँ र भारतीय सेनाबीच सीमा क्षेत्रमा झडप


नयाँदिल्ली । चिनियाँ सेना र भारतीय सेनाबीच झडप हुँदा दुबै तर्फका ११ सैनिक घाइते भएका छन् ।

जसमध्ये सात चिनियाँ र चार भारतीय सेना घाइते भएका हुन् । सिक्किमको उत्तरी क्षेत्र नाकु ला क्षेत्रमा शनिबार दुई देशका सेनाबीच झडप भएको भारतीय मिडियाले जनाएका छन् ।

दुबै देशका सैनिक अधिकृतहरुको पहलमा विवाद सुल्झाएपछि घटनाले ठूलो रुप लिन पाएन । दुबै तर्फका गरी सयौँ सैनिकहरु विवादमा सामेल थिए । चीन र भारतीय सेनाबीच यसअघि २०१७ मा पनि ठूलो विवाद भएको थियो ।

प्रकाशित : २०७७ बैशाख २८, आईतवार १४:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ