कोभिड-१९ खोप परीक्षणमा ४० हजार स्वास्थ्यकर्मी


लण्डन । बलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुले अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वको कोभिड १९ विरुद्ध मलेरियाको खोप परीक्षणमा भाग लिनेछन् ।

बिहीबार यो अनुसन्धान सुरु भएको छ, जहाँ युरोप, अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका ४० हजार भन्दा धेरै स्वास्थ्यकर्मी सहभागी हुँदैछन् । उक्त परीक्षण मूलतः मलेरियाविरुद्धका खोप ‘क्लोरोक्वाइन’ र ‘हाइड्रोक्सिक्लोरोक्वाइन’ कोभिड १९ विरुद्ध उपयोगी हुन्छन् कि हुँदैनन् भन्नेमा केन्द्रित हुने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि नै हाइड्रोक्सिक्लोरोक्वाइनलाई कोभिड १९ विरुद्ध प्रयोग गर्न सकिने भन्दै आएका थिए । हाल उक्त खोपको परीक्षण बेलायती विश्वविद्यालय अक्सफोर्डको नेतृत्वमा यो परीक्षण गर्न थालिएको हो ।

‘हामीलाई वास्तवमै थाहा छैन कि, क्लोरोक्वाइन वा हाइड्रोक्सिक्लोरोक्वाइन कोभिड १९ विरुद्ध लाभदायी हुन्छन् कि हानिकारक भनेर,’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक निकोलस ह्वाइटले बताए । मलेरियाको खोप कोभिड १९ का लागि उपयोगी हुने दाबी गरिए पनि यदी यो सफल नै भए पनि आम मानिसमा यसको प्रयोग २०२० को अन्त्यतिर मात्रै हुने बताइएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार २१:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ