विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख पुग्यो, अमेरिकामा ९८ हजारको मृत्यु !


काठमाडौं :  विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५३ लाख ९७ हजारभन्दा बढी पुगेको छ । यस्तै ३ लाख ४३ हजार ६ सय आठ जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाख ६६ हजारभन्दा बढी संक्रमित छन् । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ६६ हजार ८ सय १ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ ।

यसैगरी रुसमा ३ लाख ३५ हजार ३ सय ८२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।  ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित छन् भने २२ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा २ लाख ८२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ६ सय ७५ छ । स्पेनमा २ लाख ८२ हजार ३ सय ७० जना संक्रमित पुगेका छन् । त्यहाँ  २८ हजार ६ सय ७८जनाको ज्यान गएको छ ।

इटालीमा  ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख २९ हजार ३ सय २७ संक्रमित रहेका छन् ।  भारतमा १ लाख ३१ हजार २ सय २३ जना संक्रमित रहेका छन भने त्यहाँ ३८ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

विश्वभर २२ लाख ४४ हजार ८ सय ५२ जना संक्रमित निको भइसकेका छन् । विश्वमा ५३ हजार भन्दा बढी मानिको अवस्था गम्भीर रहेको छ । – एजेन्सी

प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार ०६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ