स्पेन र इटालीमा कोरोनाका कारण निधन हुनेको संख्या ह्वात्तै घट्यो, भारतमा बढ्यो


एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर ५३ लाख मानिसहरु संक्रमित भएका छन् । विश्वमा नै सबैभन्दा बढी संक्रमण अमेरिकामा १६ लाख ६६ हजार संक्रमित र ९८ हजारको मृत्यु भइसकेको छ विश्वमा ३ लाख ४३ हजार जनो निधन भएको छ । अमेरिका पनि निधन हुनेको संस्या ब्राजिलमा बढी छ ।

त्यहाँ कोरोना संक्रमण द्रुत गतिमा फैलिइरहेको छ । ब्राजिलमा ३ लाख ४७ हजार संक्रमित हुँदा २२ हजारको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । वल्डोमिटरका अनुसार तेस्रो स्थानमा रहेको रुसमा ३ लाख ३५ हजार संक्रमित हुँदा ३३ सयको मृत्यु भएको छ । स्पेन र इटालीमा मृत्यु दर घट्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्पेनमा २८ हजार र इटालीमा ३२ हजारको मृत्यु भएको छ । बेलायतमा ३६ हजारको मृत्यु भइसकेको छ । सार्क मुलुकहरुमा भारत अगाडि छ । भारतमा १ लाख ३१ हजार संक्रमित भइसकेका छन् । मृतक संख्या ३८ सय नाघेको छ ।

पाकिस्तानमा ५२ हजार संक्रमित भइसक्दा ११ सयको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । नेपालमा भने पछिल्ला दिनमा संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । जसक कारण नेपाल उच्च जोखिममा रहेको छ ।

c.PNG
प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ