नेपाल भारतका जनताबीचको सम्बन्ध बिगार्न विदेशी शक्तिहरुको यस्तो चलखेल, सचेत हुन आग्रह !


काठमाडौं । केही विदेशी शक्तिहरुले नेपाल भारतका जनताबीचको सम्बन्ध बिगार्न देशमा चलखेल शुरु गरेका छन् । 

पाकिस्तानी गुप्तचर संगठन (आइएसआइ), युरोपेली युनियन (ईयू) लगायतका संगठनले नेपाल भारतका जनताबीचको सम्बन्ध बिगार्न देशमा खेल शुरु गरेको उच्च स्रोतले जनाएको छ । 

सीमा विवाद लगायतको विषयलाई लिएर एक अर्का देशका जनतालाई घृणा फैलाउँदै सम्प्रदायिक्ता भड्काएर दुई देशका जनताबीच सम्बन्ध विगार्न यस्ता संगठनहरु देशमा केहीसमय अगाडी देखि नै सकृय बनेको स्रोतले दावी गरेको छ । 

देशमा कोरोनाको प्रकोप बढ्नुमा भारत नै दोषी भएको धेरैले आरोप लगाएका छन् । तर, भारतबाट देशमा पहिला मुस्लिमहरु नै आएको र कोरोनाको प्रकोप बढाएको जानकारहरु बताउँछन् । उदाहरणका लागि उदयपुरको भुलके, विरगंज । ती कोरोना संक्रमीतहरु नेपाल भारतका जनताबिचको सम्बन्ध बिगार्न परिचालित भएको स्रोतले जनाएको छ । 

कोरोना संक्रमणबारे यो एउटा अदाहरण मात्र हुन् । नेपाल भारतका जनताबीचको सम्बन्ध बिगार्न यस्ता अरु पनि धेरै गतिविधी भइरहेको जनाइएको छ । भखरै, जनकपुरसँग प्रत्यक्ष सम्बन्ध भएको अयोध्याका राम मन्दिर पुनः निर्माणको विषयमा इमरान खान नेतृत्वको पाकिस्तान सरकारले जनतालाई भड्काई दंगा फसाद् गराउन खोजेका थिए । 

अयोध्यामा राम मन्दिर निर्माण पुनः सुरु गरेकोमा बिहीबार इमरान खान नेतृत्वको पाकिस्तान सरकारले (पाकिस्तानको विदेश कार्यालय)ले राममन्दिरमा काम सुरु भएकोमा निन्दा गरेको थियो । यस्तो अवस्थामा नेपाल भारतका जनताहरु सचेत हुनु अति आवश्यक रहेको छ । 

प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ