भारतमा एकैदिन भेटिए साढे आठ हजार कोरोना संक्रमित, २२३ को मृत्यु


काठमाडौं : भारतमा आइतबार एकै दिन साढे आठ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार भारतमा आठ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ ।

वल्र्डओमिटरका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै त्यहाँ संक्रमणबाट २ सय २३ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ९१ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ६२ लाख ५९ हजार ५ सय ३३ पुगेको छ । सोमबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार आइतबार मात्रै विश्वभर १ लाख ९ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म संक्रमणबाट विश्वभर ३ लाख ७३ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ ।

आइतबार मात्रै विश्वभर ३ हजार १ सय ८५ जनाले ज्यान गुमाएका छन् । आइतबार अमेरिकामा ६३३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार १ सय ९१ पुगेको छ ।

त्यसैगरी आइतबार ब्राजिलमा ४८०, मेक्सिकोमा ३६४, क्यानाडामा २२१, रुसमा १३८, बेलायतमा ११३, पेरुमा १३५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ