‘प्रोपोगण्डा’ मार्फत नेपाल र भारतबीचको सम्बन्ध विगार्न पाकिस्तानीहरु सक्रिय, फेला पर्यो ठुलो प्रमाण !


काठमाडौं । पाकिस्तानले नेपाल भारतबीचको पछिल्लो अवस्थाबारे नियोजित तरिकाले प्रोपोगान्डा मच्चाउन थालिएको छ । पाकिस्तानले १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भन्दै प्रोपोगान्डा मच्चाउन थालिएको हो । 

अहिले नेपाल र भारतबीच सिमा विवादले सम्बन्धमा समस्या परेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सिमा विवाद उल्लेख गर्दै हालैमात्र भारतको मोदी सरकार छिमेकका लागि खतरा भएको आरोप लगाएका छन् ।

उनले ट्वीटबाट भारतमाथि गम्भीर आरोप लगाइरहँदा पाकिस्तानबाट सामाजिक सञ्जालमा नेपाल भारतबीचको पछिल्लो अवस्थाबारे प्रोपोगान्डा मच्चाइएको छ । पाकिस्तान जिन्दावाद नामको ट्वीटर पेजबाट १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भनी भिडियो पोष्ट गरिएको छ । 

भिडियोमा भारतीय सुरक्षा फौज र नेपाली अधिकारी देखिन्छन् । भिडियो पोष्ट गरी उर्दुमा लेखिएको छ, ‘यो भिडियोमा १३ भारतीय सैनिक नेपाली सेनाद्वारा नियन्त्रणमा लिइएका हुन् 

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ