भारतमा एकैदिन ४९ हजार कोरोना संक्रमित थपिए, ७४० को मृत्यु


काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा एकैदिनमा ४९ हजार तीन सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार नौ सय ४५ पुगेको अधिकारीले जनाएका छन् ।

कोरोनाबाट भारतमा एकैदिनमा सात सय ४० जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या हालसम्म ३० हजार ६ सय एक पुगेको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा अहिले पनि चार लाख ४० हजार एक सय ३५ जना संक्रमित अवस्थामै रहेका छन् भने ८ लाख १७ हजार दुई सय नौ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ४७ हजार पाँच सय दुई जना संक्रमित भएका छन् ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार १९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ