कोरोना भ्याक्सिन बाँदरमा सफल, मानिसमा पनि सफल हुने विश्वास


काठमाडौं : अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको भ्याक्सिन बाँदरमा सफल परीक्षण भएको छ।

‘नेचर’जर्नलमा प्रकाशित अध्ययनअनुसार यी दुई कम्पनीले निर्माण गरेका भ्याक्सिन बाँदरलाई कोरोना संक्रमणबाट बचाउन सफल भएका हुन् । यही जर्नलमा प्रकाशित अर्को एक अध्ययनले जोन्सन एन्ड जोन्सनको भ्याक्सिन पनि बाँदरमा सफल भइसकेको छ ।

बाँदरमा सफल भएका औषधि मानिसमा सफल हुने पूर्वशोधहरूले प्रमाणित गरेका छन् । यी कम्पनीहरूले निर्माण गरेका भ्याक्सिनको मानिसमा प्रयोग गर्न बाँकी नै छ। अक्सफोर्डको भ्याक्सिन फेज ३ को परीक्षणमा पुगिसकेको छ भने जोन्सन एन्ड जोन्सनका पहिलो र दोस्रो तहमा पुगेको छ ।

लन्डनको इम्पेरियल कलेजको एक भ्याक्सिनको परीक्षण सयौँ मानिसमा गरिएको छ। पहिला सानो समूहमा गरिएको उक्त परीक्षण ठूलो समूहमा समेत गरिसकिएको छ । संसारभर परीक्षण भइरहेको भ्याक्सिनमध्ये कम्तीमा दुईरचार वटाले काम गर्ने विश्वास गर्न थालिएको छ ।

कोरोनाको शुरूआती समयमा नेपाललगायतका केही मुलुकका वासिन्दामा रोगविरुद्ध लड्न सक्ने क्षमता (इम्युनिटी) प्रशस्त हुने कारणले डराउनु नपर्ने कतिपय विश्लेषकले बताउँदै आएका थिए। कतिपय वरिष्ठ चिकित्सकले अन्तर्वार्तामा यही कुरा बताए ।

पहिला गरिएका यस्ता अनुमान अधिकांश असफल हुँदै आएका छन् । यसकारण पनि कोरोनाबाट बच्नका लागि भ्याक्सिन नै एकमात्र र अन्तिम विकल्प हुन गएको छ । खानपान र जीवनशैलीका कारण पनि नेपाली जनतामा प्रशस्त इम्युनिटी छैन ।

इम्युनिटीका आधारमा हामी कोरोनोबाट जोगिनसक्ने अवस्था कदापि छैन । इम्युनिटीकै भर परेर बस्ने हो भने अवस्था भयावह बन्न सक्नेछ । त्यसकारण पनि सरकारले कहाँ र कुन मितिमा भ्याक्सिन तयार हुन्छ, त्यसलाई देश भित्र्याउन तयार भएर बस्नु अनिवार्य छ । कपितय धनी देशले भ्याक्सिन तयार हुनुअघि नै यसको निर्माणमा लागेका कम्पनीहरूसँग सम्झौता गरिसकेका छन् ।

अमेरिका, चीन र बेलायत भ्याक्सिन निर्माणमा निकै अघि बढेका छन् । यी तीन देशमा भ्याक्सिनको परीक्षण एड्भान्स स्टेजमा पुगिसकेको छ । बेलायतको एस्ट्राजेनेका र अमेरिकाको मोडर्नाबाट उत्पादित भ्याक्सिन किन्ने होड नै चलेको छ ।

  • देखापढीबाट
प्रकाशित : २०७७ श्रावण १७, शनिबार १३:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ