अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदै, जनकपुरको माटो र चाँदीका इटा प्रयोग हुने !


जनकपुरधाम : भारतको अयोध्यामा आजबाट राम मन्दिर निमार्ण सुरु हुने भएको छ । मन्दिर निर्माणका लागि आज विहान ११ बजेर ३५ मिनेटबाट भूमि पूजन आरम्भ हुनेछ ।

राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने जनाएको छ ।

मंगलबार बिहान हनुमान गढीमा पूजा गरेर अयोध्यामा मन्दिर निर्माणका लागि विशेष भूमि पूजाको प्रक्रियाको सुरुवात भएको हो । कोषले सामाजिक दूरीसहितका नियम पालना गरिने र १७५ जनाको मात्रै सहभागिता हुने उल्लेख गरेको छ ।

भुमिपुजनमा जनपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास समेत सहभागी हुनेछन् । उनी हिजै जनकपुरबाट अयोध्याका लागि प्रस्थान गरे । जनकपुरको तर्फबाट राम मन्दिर निर्माणमा प्रयोग गर्न महन्थ दासले एक/एक किलोको ५ वटा चाँदीका इटा र जनकपुरको माटो हस्तान्तरण गर्ने जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण २१, बुधबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ