Breaking- भारतको केरलामा एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना


भारतको केरलामा एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको छ । दुवईबाट आएको उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ दुर्घटनामा भएको हो ।

उक्त विमानमा १९१ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । क्षतिको विवरण भने आइसकेको छैन । केही व्यक्तिहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ ।

भारी वर्षाका कारण अवतरणका क्रममा विमान दुर्घटना भएको हुन सक्ने बताइएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार २१:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ