कोरोनाले भारत आक्रान्त : १ सय ९६ जना डाक्टरकै ज्यान गयो


एजेन्सी : भारतमा कोरोना भाइरसका कारण एक सय ९६ जना डाक्टरको ज्यान गएको छ ।

इण्डियन मेडिकल एसोसिएसनले एक सय ९६ जना डाक्टरको ज्यान गएका भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीकोे सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । एसोसिएसनले डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको र उनीहरुका परिवारका सदस्यले पनि उपचारका लागि अस्पतालमा शैया नपाएको उल्लेख गरेको छ ।

एसोसियसनले भारतमा डाक्टर र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण फैलने जोखिम उच्च भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ । भारतमा अहिलेसम्म झण्डै २१ लाख नागरिकलाई कोरोनाको सङ्क्रमण भएको छ भने ४२ हजार ६ सय २६ जनाको ज्यान गएको छ ।

प्रकाशित : २०७७ श्रावण २४, शनिबार २२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ