दर खाएको सुरमा… (हेर्नुस् भिडियो)


काठमाडौं : तीज नजिकिएसँगै तीज लक्षित धेरै गीत सार्वजनिक भइरहेका छन् । यसै साता नयाँ तीज गीत ‘दर खाएको सुरमा’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा सरस्वती लामाले स्वर दिएकी छिन् । ओम सुनारले संगीत भरेको गीत दिग्गज धौरालीले लेखेका हुन् । विचल किराँतीको निर्देशनमा तयार भएको भिडियोमा धेरै कलाकारहरूलाई फिचर गरिएको छ ।

भिडियोमा चन्दा दाहाल, महादेव त्रिपाठी, पवन खतिवडा, कविता महत, श्रेया थापा, शिवहरि श्रेष्ठ, सुमन खत्री, डोल्मा वाइबा, जुना आले र भीमबहादुर तामाङको अभिनय छ । आकाश उखेडा सहायक निर्देशक रहेको भिडियोलाई दिपेन बस्नेतले छायांकन तथा सम्पादन गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण २९, बिहीबार १२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ