भारत कोरोनाले आक्रान्त : मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो


एजेन्सी : भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो ।

६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा कूल संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ । अमेरिकामा ५४ हजार, ब्राजिलमा ५४ हजार ४ सय, कोलम्बियामा ११ हजार २ सय, रसियामा ५ हजार, दक्षिण अफ्रिकामा ३ हजार ९ सय संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २ सय २८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या १ लाख ७० हजार नाघेको छ । ब्राजिलमा १ हजार २ सय, मेक्सिकोमा ७ सय ३७, कोलम्बियामा ३ सय ८, दक्षिण अफ्रिकामा २ सय ६०, रसियामा १ सय २४ र इरानमा १ सय ७४ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा २ लाख ६५ हजार कोरोना संक्रमित थपिएसँगै विश्वभर कूल संक्रमितको संख्या २ करोड १० लाख ६२ हजार नाघेको छ । तीमध्ये झण्डै १ करोड ३९ लाख संक्रमणमुक्त भएका छन् भने ७ लाख ५२ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ