भारतीय पूर्वराष्ट्रपति मुखर्जीले गाउँको कटहर मगाएर खाएपछि स्वस्थ !


एजेन्सी : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब बन्दै गएको छ।

भेन्टिलेटरमा राखिनुअघि उनले आफ्ना छोरा अभिजितलाई फोन गरेका भनेका थिए- मलाई गाउँबाट कटहर ल्याइदेऊ । अभिजित कांग्रेस नेता हुन् र उनी पश्चिम बंगालमा बस्छन् ।

अभिजितले आफ्ना पितालाई भेट्न कटहर लिएर गए । प्रणव मुखर्जी कटहर खाएपछि स्वस्थ देखिएको अस्पतालले बताएको छ । गाउँको कटहर देख्दा उनी निकै खुशी भएका थिए ।

एक सातापछि उनको अवस्था थप नाजुक बन्यो। उनको मस्तिष्कबाट ‘ब्लड क्लट’ हटाउन सर्जरी गरिएको थियो । त्यसअघि नै उनको कोरोना परीक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो ।

८४ वर्षीय प्रणवको अवस्थामा हिजोसम्म पनि सुधार आएको छैन । उनी आफ्नो परिवार, गाउँ र आफन्त सम्झेर निकै भावुक हुने गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार १०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ