अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको निधन


एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । ७१ वर्षीय रोबर्टको न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो ।

आफ्ना भाईको निधन भएको जानकारी गराउँदै भनेका छन्, ‘आज राति मेरा भाइ रोबर्ट बितेको खबर भारी मनले सार्वजनिक गर्दैछु । उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी थिए । हामी उनलाई धेरै सम्झनेछौं, हामी फेरि भेट्ने छौं । उनको सम्झना मेरो मनमा सधैँ रहिरहनेछ । रोबर्ट, म तिमीलाई माया गर्छु । तिम्रो आत्माले शान्ति पाओस् ।’

रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो । केही समय उपचार गरेपछि उनलाई निको भएको थियो । राष्ट्रपति ट्रम्पले शुक्रबार अस्पतालमा गएर रोबर्टलाई भेटेका थिए ।

ट्रम्पका तीन दाजुभाइमध्ये जेठा दाजुको ४३ वर्षको उमेरमा सन् १९८१ मा मृत्यु भएको थियो ।

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ