कतारमा विचल्लीमा परेका धनुषाका दुई कामदारलाई श्यामबाबुले दिए राहत


टुडेखोज/ जनकपुरधाम : कोरोना भाइरस संक्रमणका कारण कम्पनी बन्द भएपछि खाडी मुलुक कतारमा विचल्लीमा परेका धनुषाका दुई कामदार राहत पाएका छन् ।

धनुषाको शहिदनगर नगरपालिका २ का सरोज यादब र कमला नगरपालिका ८ का नबिन महरा कतारमा विचल्लीमा परेका थिए । उनको समाचार टुडेखोज डटकमले प्रकाशित गरेपछि कतारमै बस्दै आएका सिरहाको औरही गाउँपालिका ५ का श्यामबाबु यादबले राहत उपलब्ध गराएका हुन् । यादब र महराको डेरामै पुगेर श्यामबाबुले खाना बनाउने खाद्यान्नसहितका सबै समान र नगद सहयोग गरेका छन् ।

यादब र महरा विगत ४ वर्षदेखि कतारको जासर देवाटेरिङ नामक कम्पनीमा मजदुरको रुपमा कार्यरत थिए । तर कोरोना संक्रमणपछि मार्चदेखि कम्पनी बन्द भयो । केहि दिन उनी दुवै जनालाई खान र बस्न कम्पनीले दिए । तर अहिले खाना नदिएपछि उनीहरु भोकै बस्न बाध्य भएका थिए ।

यादब र महरालाई नेपाली करिब १० हजार बराबरको समान उपलब्ध गराएको छ । सहयोग गरेका श्यामबाबु भन्छन्, ‘टुडेखोजमा समाचार पढ्दा धेरै दुःख लाग्यो । अनी तत्कालै कन्ट्याक्ट गरी डेरा पुगेर दुबैजनालाई नगद र खाना पकाउने सबै समान दिएका छौं ।’ उनले कतारमा समस्यामा परेका अन्य व्यक्ति भए सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

श्यामबाबु औरही ५ का नथुनी यादबका छोरा हुन् । उनका दाई दिलिप यादब औरही गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छन् । वडाध्यक्ष यादबले पनि भाई श्यामबाबुलाई फोन गरी विचल्लीमा परेका दुवै जनालाई सहयोग गर्न भनेका थिए ।

राहत पाएपछि सरोजले टुडेखोज डटकम र श्यामबाबुलाई धन्यवाद दिएका छन् । उनले भोकले छटपटाइरहेको बेला राहतका लागि पहिल गरिदिने मिडियाका सम्पादक सन्तोष यादब र राहत उपलब्ध गराउने श्यामबाबुको सहयोग कहिल्यै नबिर्सिने बताए ।

उनले तत्कालका लागि समस्या समाधान भएको भन्दै उद्धार गरी घर फकाइदिन पहलका लागि विभिन्न संघसंस्थासँग गुहार मागेका छन् । उनले स्वदेश फिर्ताका लागि नेपाल सरकारसँग समेत विन्ती गरेका छन् । कम्पनी बन्द भएकाले यहाँ बस्न नसकिने उनको भनाई छ ।

https://todaykhoj.com/province-2/18150
प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १२:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ