भारतको गोवामा एकैदिन २ नेपालीको ज्यान गयो, उतै दाहसंस्कार गरिने


टुडेखोज/दाङ : भारतको गोवामा नेपालीको हृदयघातका कारण दुई नेपालीको ज्यान गएको छ । दाङ शान्तिनगरका एक जना र रुकुम पश्चिमका एक जनाको ज्यान गएको हो ।

बुधबार बिहान करिब ८ बजे दाङ शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुरका ४७ बर्षीय राजु केसीको ज्यान गएको गोवा नेपाली समाजका अगुवा सुनिल रावतले जानकारी दिए । उनका अनुसार ड्युटी गरेर कोठातर्फ फर्किने क्रममा बाटोमै केसीको ज्यान गएको छ । उनको गोवामै दाहसंस्कार गरिनेछ ।

केसी लामो सयमदेखि गोवामा परिवारसहित बस्दै आएका थिए । उनी सेक्युरिटीमा कार्यरत थिए । उनका २ छोराछोरी र श्रीमती छन् ।

पछिल्लो समय कोरोना महामारीका कारण धेरै नेपालीहरु कामविहीन बन्न पुगेका छन् । गोवामा अहिले करिब २५ हजार नेपाली बस्छन् ।

कोरोना महामारीको समयमै करिब १२ हजार नेपाली स्वदेश (नेपाल) फर्केको बताइएको छ । गोवामा अहिलेसम्म १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी सबैजना हाल निको भइसकेका छन् ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार ०८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ