भारतले फेरी ११८ चिनियाँ एपमाथि लगायो प्रतिबन्ध, अब पब्जी पनि खेल्न नपाइने ?


एजेन्सी : भारतले १ सय १८ चिनियाँ मोवाइल एपमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धभित्र पब्जीसमेत परेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

सूचना प्रविधि मन्त्रालयले भारतको सम्प्रभुत्ता तथा अखण्डताविरुद्ध गतिविधि भएको भन्दै ती एपलाई प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धले भारतमा रहेका करोडौं मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको हित हुने र साइबर सुरक्षा हुने मन्त्रालयले जिकिर गरेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार एन्ड्रोइड र आइओएस मोबाइलमा प्रयोग गर्न मिल्ने त्यस्ता एपमार्फत अनधिकृत रूपमा डेटा चोरी भइरहेको गुनासोसमेत आएको थियो । सोही कारण गुनासो आएका सबै एपमाथि प्रतिबन्ध लगाइएको छ ।

यसअघि भारत र चीनका सेनाबीच भएको हिंस्रक झडपपछि ५९ चिनियाँ एपमाथि प्रतिबन्धित लगाएको थियो । त्यसको लगत्तै पनि भारतले ४७ वटा चिनियाँ एपमाथि प्रतिबन्ध घोषणा गरेको थियो ।

बुधबार घोषितसहित भारतले चीनमा विकास भएका २ सय २४ एप प्रतिबन्ध लगाइसकेको छ । एपमाथि प्रतिबन्ध लगाएकै कारण भारतलाई ठूलो आर्थिक फाइदा हुनेछ ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार ०८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ