भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर कसले गरे ह्याक ?


टुडेखोज / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउण्ट ह्याक भएको छ ।

प्रधानमन्त्री मोदीको ट्वीटर अकाउण्ट ह्याक गरी श्रृंखलाबद्ध रुपमा ट्वीट गरिएको थियो, जसमा प्रधानमन्त्री राहत कोषमा राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ । प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ ।

ह्याकबारे जानकार भएको बताउँदै माईक्रोब्लगिङ साईट ट्वीटरले सुरक्षाका लागि आवश्यक कदम चालिसकेको जनाएको छ । उच्च पदस्थ व्यक्तिको ट्वीट्र अकाउण्ट ह्याक भएको यो पछिल्लो घटना हो ।

यसअघि गत जुलाईमा अमेरिकाका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र टेस्लाका संस्थापक एलोन मस्कको ट्वीटर अकाउण्ट ह्याक गरी क्रिप्टोकरेन्सीको प्रवद्र्धन प्रयास भएको थियो ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार ११:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ