चीनबाट उत्तर कोरिया प्रवेश गर्न खोज्नेलाई गोली हान्न आदेश


एजेन्सी : उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

उत्तरले आफ्नो देशमा कोरोना संक्रमण शुन्य भएको दाबी गर्दै अन्य देशबाट आउने मानिसहरुको प्रवेशलाई निकै कडाइ गरेको छ । अझ उसले चिनियाँ नागरिकलाई भने विशेष निगरानीमा राखेको बताइएको छ ।

दक्षिण कोरियास्थित अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले चीनबाट उत्तरमा प्रवेश गर्न खोज्ने जोकोहीलाई पनि गोली हान्नेसम्म आदेश दिएको छ । गत जनवरीदेखि नै उत्तरले चीनसँगको सिमाना बन्द गरेको छ ।

दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डर रोवर्ट अब्राम्सका अनुसार चीनको सिमानाबाट लकडाउको समयमा लुकिछिपी खानेकुरा तथा लत्ताकपडाहरु ल्याउने कार्य भइरहेको छ ।

चीनबाट उत्तर प्रवेश गर्न खोज्नेमा कोरोना देखिनसक्ने भन्दै उत्तरले चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न आदेश दिएको अमेरिकी सेनाको भनाइ छ ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार २१:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ