साउदी अरबले श्रम भिसा दिन सुरु गर्ने


टुडेखोज/ काठमाडौं : साउदी अरबले अब सबै प्रकारको भिसा दिन सुरु गर्ने भएको छ ।

साउदी अरबले श्रम भिसा, भिजिट भिसा र आवासीय भिसालगायत भिसा बिहीबारदेखि दिने नेपाल वैदेशिक रोजगार व्यवशायी महासंघले जनाएको छ ।

कोरोना भाइरसको महामारी र लकडाउनका कारण साउदी अरबले श्रम भिसा दिन बन्द गरेको थियो ।

कोरोना महामारीका कारण भिसा अवधि समाप्त भएका, रोजगारी गुमाएका लगायत १० हजार ८ सय ५८ जना नेपाली साउदी अरबबाट स्वदेश फर्किएको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ