कतारबाट नेपालका लागि अब दैनिक तीन उडान, यस्तो छ प्रक्रिया


आगामी अक्टोबर १ तारिखबाट खाडी राष्ट्र कतारबाट नेपालका लागि दैनिक तीनवटा नियमित उडान हुने भएको छ ।

नेपाली राजदूतावास दोहा कतारले एक सूचना जारी गरी नियमित उडानबारे जानकारी दिएका हुन् । एक तारिख अर्थात् असोज १५ बाट दैनिक रूपमा दोहाबाट नेपाल, हिमालयन तथा कतार एयरवेजले एक एक उडान गर्ने सूचनामा उल्लेख छ ।

अब कतारबाट नेपाल जान चाहने यात्रुहरूले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरूबाट टिकट लिएर कोरोनाको पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिर्पोट नेगेटिभ उल्लेख भएको प्रमाणपत्रको सक्कलप्रति लिएर सिधै उडान गर्न पाउने बताइएको छ ।

दूतावासको फाराम भर्नु नपर्ने र यसअघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरेर उड्न पाउने छन् । असोज १५ बाट नेपाली राजदूतावासले कुनै प्राथमिकता सूचि प्रकाशित गर्ने छैन ।

दोहाबाट भएको ४७ औं सहजीकरण उडानबाट ८ महिलासहित १ सय ४७ जना नेपाल फर्किएका छन् ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ