भारतमा कोरोनाले लियो ९९ हजारभन्दा बढीको ज्यान


टुडेखोज, जनकपुरधाम : भारतमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या ९९ हजार नाघेको छ ।

पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले ज्यान जान थालेको छ । भारतमा शुक्रबारसम्म ज्यान गुमाउनेको संख्या ९९ हजार ८०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ९६ जनाको कोरोनाले ज्यान लिएको छ । दैनिक संक्रमित संख्यामा समेत बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामै ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ८१ हजार ६९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६३ लाख ९१ हजार ९६० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ४८ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । ९ लाख ४३ हजार ५०३ जनाको उपचार चलिरहेको छ ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ