पाकिस्तानले पनि टिकटकमा लगाए प्रतिबन्ध, यस्तो छ कारण


टुडेखोज : पाकिस्तानले पनि भिडियो सेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान दूर सञ्चार प्राधिकरण(पिटिए)ले शुक्रबारदेखि टिकटकमा प्रतिबन्ध  लगाएको हो ।

टिकटकमा आएका अनैतिक र अश्लील भिडियोका कारण प्रतिबन्ध लगाएको पाकिस्तान सरकारले जनाएको छ । धेरै अनैतिक र अश्लील सामग्री आएको भनेर व्यापक गुनासो आएपछि टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरिएको पिटिएले जनाए ।

टिकटकले यस्ता खालका प्रतिबन्धित सामग्रीलाई नियन्त्रण गर्ने तरिका अपनाएको खण्डमा प्रतिबन्ध हटाउन सकिने पिटिएका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : २०७७ आश्विन २४, शनिबार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ