दु:खद् खबर : ५ हजार रुपैयाँका लागि मजदूरलाई ज्यूँदै जलाइयो


एजेन्सी : भारतको मध्य प्रदेशस्थित गुना जिल्लामा एक मजदूरलाई ५ हजार रुपैयाँ नतिरेकै कारण मट्टितेल खन्याएर ज्यूँदै जलाइएको छ ।

मानव अधिकारवादीहरुले यो घटनालाई बँधुवा मजदूरीको मामिला भएको बताएका छन् । तर मध्य प्रदेश सरकारले भने उधारो नतिरेकाले यस्तो भएको तर्क गरेको छ ।

मजदूरलाई ज्यूँदै जलाएपछि यो घटना त्यहाँको राजनीतिक कोपभाजनमा परेको छ । मुख्यमन्त्री एवम् कांग्रेस नेता शिवराज सिंह चौहानले मजदुरको विभत्स हत्यालाई मृत्यु बताएपछि प्रतिपक्षीहरु उनीमाथि खनिएका छन् ।

शुक्रबार राति गुना जिल्लाको बमोरी तहसिलको छोटी उखाडवाद खुर्दमा यो घटना भएको थियो । बँधुवा मुक्ति मोर्चा, गना जिल्लाका संयोजक नरेन्द्र भदौरियाले २६ वर्षका विजय सहारिया पछिल्लो तीन वर्षयता राधेश्याम लोधाको खेतमा बँधुवा मजदूर रहेको बताएका छन् ।

विजयलाई लागतार काममा लदाइएको र सो रात उनले राधेश्यामसँग मजदूरी गरेर उनको पैसा तिरिदिने बताएपछि मट्टितेल खन्याएर ज्यूँदै जलाइएको मोर्चाले बताएका छन् ।

हत्यामा संलग्न राधेश्यामलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीमाथी अनुसन्धान तथा कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ