कोभिड अस्पतालमा आगो लाग्यो, ५ संक्रमितको ज्यान गयो


एजेन्सी : भारतको राजकोटमा रहेको कोभिड १९ अस्पतालमा आगलागी हुँदा पाँच जना संक्रमितको मृत्यु भएको छ ।

माभ्दी रोडमा रहेको अस्पतालको आइसीयूमा आगो लाग्दा ज्यान गुमाएका पाँचै जना वृद्ध रहेको भारतीय संचार माध्यमले जनाएका छन् । स्थानीय समय अनुसार बिहीबार राति १२:४० मा आगो लागेको हो ।

५४ बेड रहेको उदय सिभानन्द अस्पतालमा डाक्टरसहित चार जना कर्मचारी रहेपनि उनीहरुले आगो निभाउन सकेनन् ।

अस्तालमा रहेका ३३ बिरामीमध्ये बाँकि २८ जनालाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । आइसीयूमा रहेका ११ मध्ये तीन जना बिरामीको तत्काल मृत्यु भएको हो ।

अरुलाई अर्को अस्पतालमा सारिएको छ । आगलागीमा परि ज्यान गुमाएकालाई प्रतिव्यक्ति चार लाख रुपैयाँ दिने गुजरात सरकारले घोषणा गरेको छ ।

आगलागीको कारण भने खुलेको छैन । यसबारे अनुसन्धान थालिएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १३, शनिबार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ