अमेरिकामा हिमआँधी : २३ जनाको मृत्यु, टेक्सासमा विद्युत बन्द


एजेन्सी : अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधी कारण २३ जनाको मृत्यु भएको छ । हिमआँधीकै कारण टेक्सास राज्यमा विद्युत सेवा पनि बन्द भएको छ ।

मंगलबारबाट शुरु भएको आँधी आइतबारसम्म रहने जनाइएको छ । आँधीले कोरोनाविरुद्धको खोप वितरणमासमेत प्रभाव पारेको छ ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायतका राज्यमा २३ जनाको मृत्यु भएको छ भने नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको जनाइएको छ ।

बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि बाहिरिएका छन् । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ ।

सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : २०७७ फाल्गुन ५, बुधबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ