जनकपुरकाे हाेटेलमा झुण्डिएको अवस्थामा फेला परिन् एक यूवती


जनकपुरधाम : जनकपुरधामस्थित ७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा एक यूवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार अन्दाजी २२ वर्षीया एक युवती झुण्डिएकाे अवस्थामा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले मृत फेला परेकी यूवती गेस्ट हाउसमा २ दिनदेखि बस्दै आएकी थिइन् ।

मृतक युवती झापा जिल्लाकाे रहेकाे छ । उनले किन आत्महत्या गरेकी वा हत्या गरिएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ८, शनिबार २१:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ