सडकमा छटपटाई रहेका चार घाइतेलाई प्रदेश २ प्रमुख झाले गरे उद्धार


जनकपुरधाम : प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले सवारी दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरेका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा दुर्घटनामा परेर आज बिहान सडकमा छटपटाइरहेका चारजनालाई झाले उद्धार गरेका हुन् । उनी जनकपुरबाट बाराको जीतपुर जाँदै थिए । सोही क्रममा सडकमा घाइतेलाई देखेपछि गाडी रोकेर उद्धार गरेका थिए ।

झाले आफ्नै सुरक्षामा खटेका एक सुरक्षाकर्मीको जिम्मा दिएर घाइते चारैजनालाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाएका छन् । घाइतेमध्ये एक बच्चासमेत रहेको र उनीहरूको पहिचान तथा दुर्घटनाको कारण भने खुल्न सकेका छैन ।

प्रकाशित : २०७७ फाल्गुन ११, मंगलवार १३:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ