अभिनेता मिथुन बीजेपीमा प्रवेश, मोदीसंगै सम्बोधन गर्ने


कोलकाता : बलिउड अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय दल बीजेपी प्रवेश गरेका छन् ।

बीजेपी प्रवेश गरेसँगै अभिनेता चक्रवर्तीले आज पश्चिम बंगालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटै स्टेजबाट सम्बोधन गर्दैछन् । र्‍यालीमा मिथुन पनि सहभागि हुने जनाइएको छ ।

कुनैबेलाका लोकप्रिय अभिनेताको बीजेपी सहभागितालाई लिएर महत्वपूर्ण साथ लिइएको छ । उनले मोदीसँगै उभिएर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री ममता बेनर्जी र बीजेपीबीच पश्चिम बंगाल चुनावमा प्रतिस्पर्धा हुँदैछ । यही कार्यक्रमबाट भारतीय क्रिकेटर सौरभ गांगुली पनि बीजेपी प्रवेश गर्ने कार्यक्रम थियो तर उनी बिरामी भएपछि अहिलेलाई पोस्टपोन्ड भएको जनाइएको छ ।

बंगलादेश भ्रमणपछि प्रधानमन्त्री कोलकतामा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका छन् ।

प्रकाशित : २०७७ फाल्गुन २३, आईतवार १५:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ