बमसँग बस ठोक्कियो, ५ महिला र एक बालकको मृत्यू


एजेन्सी : अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटमा परी पाँच महिला र एक बालकको मृत्यु भएको छ ।

सरकारी कर्मचारी चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको हो । विस्फोटमा परी अन्य १७ जना घाइते भएको मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताए ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । यद्यपी यस बम आक्रमणको तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित : २०७७ चैत्र ४, बुधबार २१:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ