गायक उदित नारायणका छोरा र बुहारीलाई कोरोना संक्रमण


जनकपुरधाम : नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

आदित्यले श्रीमती श्वेता अग्रवाल र आफूलाई कोरोनाको संक्रमण भएको इन्स्टाग्राममा जानकारी दिएका हुन् । आदित्य नारायण गायक साथै अभिनेता समेत हुन् । उनकी श्रीमती श्वेता पनि बलिउडमा आवद्ध छिन् ।

आदित्यले यतिबेला भारतको चर्चित गायन रियालिटी सो इन्डियन आइडल कार्यक्रमको उद्घोषकको रुपमा काम गरिरहेका छन् ।

प्रकाशित : २०७७ चैत्र २२, आईतवार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ