सिरहा र धनुषाका सबै सिमा नाका बन्द गरियो


टुडेखोज, जनकपुरधाम :

सिरहा र धनुषाका सबै सिमा नाका ठप्प भएको छ । सिरहाको माडर र धनुषाको जटही नाका भएर भारत आवत–जावतका लागि खुल्ला गरिएको थियो । तर ति दुई नाका पनि सिल गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मन्त्रिपरिषद् बैठकबाट नेपाल भारतबीच आवतजावत गर्न नाका सञ्चालन सम्बन्धी निर्णयमा कुनै पनि नाका नपरेकाले आवतथ जावत पूर्ण रुपमा निषेध गरिएको सूचना जारी गरेका छन् ।

यस्तै सिरहामा वैशाख २३ गतेबाट आंशिक निषेधाज्ञा सुरु हुँदैछ । त्यहाँका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले भारत आवत जावतका लागि खुल्ला गरिएको माडर नाका पनि बन्द गर्ने निर्णय भएको स्पष्ट पारिसकेका छन् ।

प्रकाशित : २०७८ बैशाख २२, बुधबार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ