Big News : भारतमा दुई मन्त्रीसहित चार नेता गिरफ्तार


भारतको पश्चिम बंगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान तृणमूल कांग्रेसका तीन नेतासहित चारजनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा दुईजना मन्त्री पनि छन् ।

मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीका अलावा पूर्वमन्त्री र बिजेपी नेता शोभन चटर्जी तथा टिएमसी विधायक मदन मन्त्रीलाई गिरफ्तार गरिएको हो । राज्यपाल जगदीप धनखडले सिबिआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिएका थिए । आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै मुख्यमन्त्री ममता बेनर्जी सिबिआई कार्यालयमा पुगेकी छन् ।

सत्ताधारी टिएमसीले यो गिरफ्तारीलाई गैररकानूनी भनेको छ । पार्टीका प्रवक्ता कुणाल घोषले बिना सूचना नेताहरुलाई गिरफ्तार गरिनु गरैकानुनी रहेको बताए । उनले यो मामिलामा आरोपित बिजेपी नेता मुकुल राय र शुभेन्दु अधिकारीलाई किन गिरफ्तार नगरेको भनेर प्रश्न गरेका छन् ।

विधानसभा अध्यक्ष विमान बेनर्जीले पनि गिरफ्तारीलाई अवैध बताएका छन् । नेताहरुको गिरफ्तारीलाई राज्यपालले हरियो झण्डा देखाउने अधिकार नरहेको उनले बताए ।

सन् २०१६ को विधानसभा चुनाव पहिले टिएमसीका मन्त्री, सांसद तथा विधायक जस्तै देखिने व्यक्तिले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग पैसा लिँदै गरेको स्टीङ्ग अपरेशनको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सन् २०१४ मा बनाएको बताइन्छ । सो विषयमा अहिले पनि छानबिन भइरहेको छ । यसपटकको विधानसभा चुनावमा पनि यो घटनाले चर्चा पाएको थियो ।

प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार १६:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ