प्रियंका चोपडाको ‘गिभ इन्डिया’ अभियान : कोरोनाविरुद्ध लड्न ८ करोड भारु उठ्यो


नयाँ दिल्ली : कोरोना महामारीको पछिल्लो हटस्पट भारत देखिएको छ । एकरडेढ महिनायता भारतले विश्वको ध्यान तानिरहेको छ ।

केही दिनअघिसम्म दैनिक ४ लाख संक्रमितहरु थपिइरहेका थिए । भारतमा अहिले पनि दैनिक ४ हजारले ज्यान गुमाइरहेका छन् । भारतको स्वास्थ्य प्रणाली पनि असफल देखियो । यतिबेला भारतको यस संकटविरुद्ध लड्न विभिन्न क्षेत्रले हातेमालो गरिरहेका छन् ।

सेलिब्रेटीहरुले व्यक्तिगतस्तरमा राहत संकलन गरिरहेका छन् । प्रियंका चोपडाले मात्र करिब ८ करोड भारु उठाएकी छिन् । प्रियंका चोपरा जोनस फाउन्डेसनले सुरु गरेको ‘फन्ड रेजिङ’ अभियानमा बिहीबार साँझसम्म ८ करोड ११ लाख भारु उठेको छ ।

फाउन्डेसनले उक्त रकम अक्सिजन आपूर्ति र खोपका लागि प्रयोग भइरहेको जनाएको छ । प्रियंकाको ट्वीटर अकाउन्टमा भएको अपडेटअनुसार ५ सय थान अक्सिजन कन्सेन्ट्रेटर, ४ सय २२ अक्सिजन सिलिण्डर खरिद गरिएको छ भने खोप शिविर सञ्चालनबाट ६ हजारभन्दा बढी लाभान्वित भएका छन् ।

राहत अभियानमा भएको सहभागितादेखि आफू निकै खुसी भएको प्रियंकाले बताएकी छिन् । अहिले भारतमा प्रियंकाको जताततै चर्चा चुलिएको छ । महामारीविरुद्ध लड्न अभियान चलाएकोमा उनको व्यापक प्रसंसा भइरहेको छ ।

प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार २१:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ