उत्तर प्रदेशमा भयानक सडक दुर्घटना, १७ जनाको मत्यु


एजेन्सी : भारतको उत्तर प्रदेशमा भएको एक दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ । कानपुर–इलाहाबाद राष्ट्रिय राजमार्गमा सो दुर्घटना भएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार निकै तीव्र गतिमा आएको बसले टेम्पोलाई ठक्कर दिएको थियो । निकै जोडसँग ठोक्किएको सो बस सडकको अर्कोतर्फ उछिट्टिएको थियो । उछिट्टिएको बस सडकबाट पनि खोल्सामा खसेको थियो ।

दुर्घटनास्थलमा प्रहरी समयमै पुगेर घाइतेहरुलाई अस्पताल पठाएको थियो । तर, कानपुरको लाला लाजपत राय अस्पतालमा पुर्‍याउँदा/नपुर्‍याउँदै १६ घाइतेको ज्यान गएको थियो । चार घाइतेको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश युवा हुन् । उनीहरु एक बिस्कुट उद्योगमा रात्रि सिफ्टमा काम गर्न बस चढेर जाँदै गरेको खुलेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो दुर्घटनाबारे छानबिन गर्न आदेश दिएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २६, बुधबार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ