वर्षाले डुब्यो मुम्बई : रेडअलर्ट जारी, चारतल्ले घर खस्दा ११ को मृत्यू


टुडेखोज, जनकपुरधाम : भारतको मुम्बई शहर भारी वर्षाले डुबेको छ । अझै ४८ घण्टा भारी वर्षा हुने भन्दै मौसम विभागले रेडअलर्ट जारी गरेको हो ।

वर्षाले लाखौं मानिस प्रभावित भएका छन् । कैयौं हजार घर डुबानमा परेका छन् । सडकमा ३ फिटभन्दा बढी पानी जमेको छ । चारपाङ्ग्रे गाडी सडकमा तैरिरहेको दृष्यहरु देखिन थालेको छ । कोरोनाको कहरकै बेला भइरहेको वर्षाले मुम्बइबासीलाई संकटमा धलेको छ ।

लगातारको भारी वर्षाले बिहीवार राति मुम्बईमा एक चारतल्ले भवन खसेको छ । भवन खस्दा ११ जनाको मृत्यू र ७ जना घाईते भएको भारतीय मिडिया आजतकले उल्लेख गरेका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ