विवाह मण्डपमा बेहुलाले पत्रिका पढ्न नसकेपछि…


एजेन्सी : भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा बेहुलाले अखबार पढ्न नसकेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छन् ।

विवाह मण्डपमा बेहुला शिवम चश्मा नलगाई अखबार पढ्न सकेका थिएन । उनको आँखा कमजोर रहेको भन्दै बेहुली अर्चना उठेकी थिइन् । उनले विवाह गर्न पनि अस्वीकार गरेपछि यतिबेला यो समाचार भाइरल भएको छ ।

‘मलाई करिब ५ लाख रुपैयाँ नोक्सान भएको छ । एफआईआर दर्ता गरेको छु, प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन’, बेहुलीका बाबु अर्जुन सिंहले भने ।

प्रकाशित : २०७८ असार ११, शुक्रबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ